

प्रहरीले पिटी जुत्ताको सट्टा स्पोटर्स जुत्ता पाउने
काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले अब पिटी जुत्ताको सट्टा स्पोटर्स जुत्ता पाउने भएका छन् । पिटी भन्दा स्पोटर्स जुत्ता प्रहरीका लागि सजिलो र आरामदायक हुने निष्कर्ष निकाल्दै प्रहरीले प्रहरी नियमावली नै संशोधन गरेर यससम्बन्धि प्रावधान हेरफेर गरेको हो ।गत १० माघमा राजपत्रका प्रकाशित प्रहरी नियमावली अनुसूचि हेरफेरको सूचनामा पिटी जुत्ताको सट्टा स्पोटर्र्स जुत्ता दिने उल्लेख गरिएको छ । दुई वर्षमा प्रहरीले एक जोर स्पोर्टस् जुत्ता पाउँछन् ।त्यस्तै, उनी कम्वलको सट्टा ‘मिन्क कम्बल’ दिने निर्णय पनि गरिएको छ । जून ३ वर्षमा प्रहरीले दुई थान पाउँछन् । उनी कम्वलको खासै प्रयोग नहुने भएकाले मिन्क कम्बल दिन लागिएको एक प्रहरी अधिकारीले बताए ।अमर तथा असक्त प्रहरीका सन्ततीले सरकारी विश्वबिद्यालयमा निशुल्क शिक्षा पाउने भएका छन् । प्रहरी नियमावलीको नवौं संशोधनमा अमर प्रहरी वा कर्तव्य पालनाको सिलसिलामा असक्त भएका प्रहरी कर्मचारीका सन्ततीलाई नेपालको सरकारी विश्वबिद्यालयमा नेपाल सरकारले निर्धारण गरे बमोजिम निशुल्क शिक्षा’को व्यवस्था गरिने उल्लेख गरिएको छ नियमावली संशोधनमा थपिदएका नयाँ पदहरुमा बढुवाको प्रक्रियामा गृहकार्य भइरहेको प्रहरी प्रवक्ता एसएसपी विष्णुबहादुर केसीले बताए । नियमावली संशोधन गरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप गरिएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१३ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



