

क्रिप्टोकरेन्सीकारोबार गर्ने युवक पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँको न्यूरोडस्थित गुच्चाटोलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका घर भई भक्तपुरमा बस्दै आएका रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी छन् ।३० वर्षीय अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।अधिकारीले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको देखिएको एसपी राठौरले बताए । उनले भने–‘आरोपीले प्रयोग गरेको मोबाइलबाट १३ लाख रुपैयाँ नेपाली मुद्रा बराबरको डिजिटल मुद्रा मौज्दात देखिएको छ ।’
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१४ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



