

झटारो : चित्रगुप्तको बहिखाता
—हेमन्त मल्ल ठकुरी चित्रगुप्तको दरबार सजेको थियो
स्वागत गान बज्दै थियो
स्वागतका लागि
रातो कार्पेट ओछ्याइएको थियो
दरबारका कर्मचारी लामबद्द थिए
चित्रगुप्त बही खाता
अचम्म मानी हेर्दै थिए
कारण थियो
नेपालका विशिष्ट व्यक्तित्व
आफ्नो इमानदारिता पुष्टि गर्न आउँदै थिए
कहिले अगाडि कहिले पछाडिबाट
हेर्दा पनि दाबी गरेजस्तो
नपाएपछि
के गर्ने के जबाब दिने भनी
चित्रगुप्तले सल्लाह गर्न
रेकर्ड टाइप गर्ने खरदार साहेबलाई
बोलाइपठाए
काहीं टाइप त गलत भएन ?
अर्काको रेकर्ड त आएन ?
दाबी गरेजस्तो त
काहीं देखिँदैन खरदार साहब ?
खरदारले हाथ जोड्दै भने
भगवन रेकर्ड सही छ
सही काम गरे पो रेकर्ड सही बस्छ
त्यहाँका नेताहरूलाई थाहा छैनजस्तो छ
तिनीहरूले गर्ने जस्तो बदमाशी लुकाउने
काम यहाँ हुँदै हुँदैन भनेर
रातो कार्पेट हटाउँ
स्वागत गान बन्द गरौं
बहिखाता कोट्याइराख्नु पर्दैन
मैले बहिदार साहबलाई
बाटोबाटै फिर्ता जाने
सूचना दिन पठाइसकेको छु भगवान
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१४ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



