

रारा जान अब छोटो पदमार्ग
मुगु, २६असार
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटकय पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने नयाँ पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो ।
हाल लामाचौर र सल्लेरीबाट जाने गरिए पनि यो पदमार्ग निर्माणपछि लामाचौरको छोटो पदमार्गमा प्रायः जिल्लाका पर्यटकीय स्थानहरूमा अवलोकन गर्न सकिने भएको छ ।
पर्यटकीय पदमार्ग स्थल सञ्चालन भएको स्थान लामाचौरसम्म पुग्न सदरमुकाम गमगढी बजारबाट करिब डेट घण्टा लाग्छ । लामाचौरबाट करिब २० देखि ३० मिनेटको पैदल यात्राले रारा ताल पुग्न सकिने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
सदरमुकाम गमगढी बजारदेखि रारा तालको काख सल्लेरी र लामाचौरसम्म सवारी साधनमा जान पनि सकिन्छ । तर, पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो ।
रारा तालमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो मार्गबाट यहाँका पर्यटकलाई आकर्षित गर्न सकेमा रारा ताल र जिल्लाको प्रचार हुने र बर्सेनि हजारौँ पर्यटकले रारा तालको अवलोकन गर्ने उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए ।
छायाँनाथ रारा नगरपालिकाको तुम हुँदै लामाचौर जाने दूरी छोटो पर्छ । आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ । यो पदमार्गलाई थप प्रचार प्रसार गर्न र आवश्यकअनुसारको बजेट विनियोजन गरिने छायाँनाथ रारा नगरपालिका–३ का वडा अध्यक्ष नन्दबहादुर रावलले जानकारी दिए ।
नयाँ पदमार्ग निर्माणपछि लामाचौरका होटेल, पर्यटनको संख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।
पर्यटन विकास, स्थानीयको आयआर्जनलाई पहिलो प्राथमिकतामा राखेर यो पर्यटन पदमार्गले पनि जोड दिने रारा राष्ट्रिय निकुञ्जका वार्डेन बद्रि विनोद दाहालले बताए ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
४ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



