कारागारमा कोरोना फैलिएपछि

विराटनगर, १ साउन । जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विराटनगर-८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ ।

कारागार भित्र संक्रमण फैलिएको र बजारमा पनि संक्रमण देखिएका कारण महानगरपालिकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो । महानगरले अत्यावश्यक काम बाहेक घर बाहिर नजान पनि आग्रह गरेको छ ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ,‘महानगरपालिका क्षेत्र भित्र संक्रमितको संख्या पुन बढ्दै गइरहेको तथ्यलाई मध्यनजर गर्दै जोखिम तथा गम्भिरताको न्युनिकरणका लागि अत्यावश्यक नभई घर बाहिर नजान र अनावश्यक भिडभाड नगर्न, भौतिक दुरी कायम गरी माक्सको प्रयोगलाई निरन्तरता दिन साथै जनस्वास्थ्यका सबै मापदण्डहरु पुरा गर्न अनुरोध छ ।’

Facebook Comments Box
TOP
Shares