

स्थायी शिक्षकका लागि झन्डै २ लाख ३७ हजारको आवेदन
काठमाडौँ माघ २१ । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ। योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए ।
उनका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ । सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् । प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् । सबै तथ्यांक संकलन गदा तीन तहका परीक्षामा करिब २ लाख ३७ हजार जनाको आवेदन पर्ने अनुमान गरिएको मरहठ्ठाले बताए ।यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१६ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



