

बाजुरामाहिमपात, जनजीवन कष्टकर
बाजुरा माघ २१ : बिहीबार दिउँसोदेखि उच्च हिमाली क्षेत्रमा हिमपात पर्न सुरु भएको बाजुरामा शुक्रबार सदरमुकाम मार्तडीसम्मै हिउँ परेको छ। हिमपात र भारी वर्षाले बाजुराको जीवन कष्टकर बन्दै गएको छ। हिमपात र भारी वर्षाले जिल्लामा अत्याधिक चिसो बढेको छ। चिसोले उच्च हिमाली क्षेत्रकाबालबालिका र बृद्धबृद्धालाई समस्या भएको स्थानीयले बताएका छन्। पोरखे लेकमा हिउँ परेपछि मार्तडी कोल्टि सडकमा यातायता बन्द भएका जयमालिका यायायात समितिका सचिव देबेन्द्र नाथले जनाएको छ। पहिलो पटक परेको हिउँ सफा गरेर यातायात सञ्चालनमा ल्याएको भएपनि बिहीबार बिहानदेखि पुन : हिउँ पर्न सुरु भएको हो। करिब ५ फिटभन्दा बढी हिउँ जमेको नाथले बताए। चिसो मौसममा जोगिएर काम गर्न र न्यानोमा बस्न प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्लाबासीलाई आग्रह गरेका छन्।
मौसम खराब भई बाक्लो हुस्सु र कुहीरोले जिल्लाको पूर्वी उत्तरमा पर्ने कोल्टि एयरपोर्ट पनि बन्द भएको छ। उत्तरी क्षेत्रका एक नगरपालिका र तीन वटा गाउँपालिका बुढिनन्दा नगरपालिका हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका, हुम्ला, मुगु, कालिकोटका जनताहरुको यातायातको एक मात्र साधन जहाजसमेत बन्द भएपछि त्यस क्षेत्रका जनताको जीवन अस्तव्यस्त बनेको छ। विशेष गरी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरेर जिल्ला सदरमुकाम मार्तडी, नेपालगन्ज धनगढी रिफर गरेका बिरामीलाई झनै समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए। ग्रामीण सडक हिलाम्मे भएर बिहीबार दिउँसोदेखि बन्द भएको जय बालिका यातायात प्रालिका कर्मचारी चक्र बडुवाले जानकारी दिए। बिहीबारबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन सुरु गरिएको कोरोनाविरुद्धको खोप पनि प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। अत्याधिक चिसोले बालबालिकाहरु विशेष गरी बडिमालिका नगरपालिका- ७ ढम्कनेमा समस्या रहेको शरश्वती आधारभूत्त विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए। जिल्लाका बडिमालिका,बुढिनन्दा नगरपालिका,हिमाली,स्वामीकार्तिक खापर,जगन्नथ,गौमूल खप्तड छेडेदह गाउँपालिकाको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएको जिल्ला शिक्षा ईकाईले जानकारी दिएको छ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१६ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



