

कैलालीको त्रिनगर भन्सार नाका हुँदै स्वदेश फर्कने नेपालीमा कोरोनाभाइरस
कैलालीको त्रिनगर भन्सार नाका हुँदै स्वदेश फर्कने नेपालीमा धमाधम कोरोनाभाइरस संक्रमण पुष्टि हुन थालेको छ । साउन १ देखि २१ गतेसम्ममा भारतबाट आएका नेपालीमा गरिएको परीक्षणका क्रममा एन्टिजेन परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट घर फर्केका २ हजार १३२ जनामा एन्टिजेन परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको त्रिनगर हेल्थडेस्कका ल्याब टेक्निसियन जय ढुंगानाले रातोपाटीलाई जानकारी दिए । १ हजार ६१९ पुरुषमा परीक्षण गर्दा ६९ र ५ सय १३ महिलामा परीक्षण गर्दा १८ मा संक्रमण पुष्टि भएको उनले बताए ।
संक्रमित सबैलाई सेती प्रादेशिक अस्पतालमा पठाउने गरिएको छ भने पुष्टि नभएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए । त्यस्तै सेती प्रादेशिक अस्पतालमा साउन १ देखि २१ गतेसम्म ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । जसमध्ये २९ जना निको भएर घर गएका छन् ९ जना उपचाररत छन् ।
यो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको ग्राफ बढे पनि जोखिम भने नभएको श्रेष्ठले बताए । यसैबीच कोरोना भाइरसको संक्रमणदर उकालो लागेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ । जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न सचेतनाका अभियान संचालन गरेको प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले जानकारी दिए ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.9kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



