

लाखौं उठाएर दलाल फरार, पिडित को बिचल्लि
इलाम : इलाम सूर्योदय–८ कजेनीका रामकुमार प्रधानले छोरालाई युरोप पठाउने ऋण लिएर ३ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाए। पैसा लिएपछि दलाल सम्पर्कविहीन भए। तीन वर्षअघि लिएको सोही ऋणको ब्याज तिर्न नसकेर प्रधान समस्यामा परेका छन्।प्रधानले चिनजानका भरमा बिना कागजात तीन वर्षअघि झापा सुरुंगा–५ का प्रदीप पौडेललाई पैसा बुझाएका थिए। विदेश पठाउन भन्दै पौडेलले युवाहरूबाट १ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म उठाएर फरार भएको उनको दाबी छ। छोरालाई युरोपमा राम्रो काम लगाउने आश्वासन पाएपछि प्रधानले धेरै हातहातै र केही मनी ट्रान्सफरबाट पठाए । मेचीनगर–६ का प्रदीप भण्डारीले पनि आफूबाट पौडेलले ३ लाख ५० हजार रुपैयाँ लगेको बताए। हंगेरीको छाला कम्पनीमा राम्रो काम लगाउने भन्दै १ लाख ५० हजार लिएको इलाम माइजोगमाई– ३ नाम्सालिङका नवीनकुमार श्रेष्ठले गुनासो गरे। ‘युरोपमा नपढेका मान्छेलाई पनि काम मिल्ने भन्दै रकम लगेका हुन्,’ श्रेष्ठले भने, ‘३६ प्रतिशत ब्याजमा ऋण लिएर रकम बुझाएँ। त्यही रकम तिर्न गाउँमा मजदुरी गरिरहेको छु।’ सूर्योदय–१० रमितेका रामहरि प्रधानले पनि छोरालाई युरोपको राम्रो कम्पनीमा काम लगाउने आश्वासन पाएपछि १ लाख ५० हजार बुझाएको बताए। ‘मासिक १ लाख ५० हजार तलब दिने कम्पनीमा पठाउँछु भनेपछि विश्वास गरेर पैसा बुझायौं,’ उनले भने । रकम लिएपछि पौडेलले तीन महिनामा काम नभए रकम झिक्नु भन्दै नलेखिएको चेक थमाएका थिए। ‘मेरो मेनपावर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको बताउने गरेको थियो,’ रामहरि भन्छन्, ‘ठगले युवाहरूको राहदानीसमेत आफ्नै कब्जामा राखेको छ।’ प्रमाणसहित प्रहरीमा उजुरी दिएर अनुसन्धानमा सहयोग गर्न इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले अनुरोध गरे। वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले पनि आफूसँग भएका प्रमाणसहित पीडितले प्रहरीमार्फत कानुनी प्रक्रिया गर्नुपर्ने बताए। ‘त्यसपछि विभागले पनि सहयोग गर्छ,’ उनले भने।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१७ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



