श्रमको सम्मान नै समृद्ध राष्ट्रको आधार हो : कामी

अन्तर्राष्ट्रिय श्रमिक दिवस शुभकामना –

विश्वमा प्रत्येक वर्ष मे १ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस को रूपमा मनाइन्छ । यसदिनले मजदुर वर्गको संघर्ष, त्याग , तपस्या बलिदानको स्मरण गराउँदै श्रमिकहरुको अधिकार प्रति जागरुकता फैलाउने अवसर प्रदान गरेको सन्देश दिँदछ।। यो दिवस सन् १८८६ मा अमेरिकाको शिकागोमा आरम्भ भएको आठ घण्टे कार्यदिवसको ऐतिहासिक आन्दोलनको सफलताको प्रतीकस्वरूप मनाउन थालिएको हो।

नेपालमा पनि श्रमिक आन्दोलनको इतिहासलाई हेर्दा राजनीतिक परिवर्तनहरू ल्याउनु महत्त्वपूर्ण भुमिका रहेकोे छ। विशेषगरी वि.सं. २००३ सालमा विराटनगर जुट मिलमा शुरु भएको श्रमिक आन्दोलनले नेपालको लोकतान्त्रिक यात्रा आरम्भ गर्ने महत्वपूर्ण भुमिका रहेको छ स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरुवात आन्दोलनले मजदुर अधिकारको माग मात्रै हैन तत्कालीन निरंकुश राणा शासनविरुद्ध आम जनतामा चेतना फैलाइ यस आन्दोलनले नै वि.सं. २००७ मा प्रजातन्त्रको स्थापनामा गरेको इतिहास विद्यमान छ।

नेपाली कांग्रेस र श्रमिक आन्दोलन सँगसँगै अघि बढेका छन्। वि.सं. २०१६ मा जननिर्वाचित सरकारको रूपमा नेपाली कांग्रेसले मजदुरको हितका लागि कानुनी संरचनाहरू जस्तै श्रम ऐन, ट्रेड युनियन ऐन र सामाजिक सुरक्षा कोषको जग हाल्ने कार्य गर्‍यो। सामाजिक न्यायसहितको उदार आर्थिक नीतिको अभ्यास गर्ने पहल पनि यही नेतृत्वबाट आरम्भ भएको भन्ने इतिहास छ ।

हुनत इतिहास हुने र शासकहरुको पाइन्छ सोझासिधा जनताको इतिहास खासै सुन्न पाइन्न श्रमिक आन्दोलनले राजनीति परिवर्तन ल्याएतापनि आज पनि श्रमिक वर्ग विभिन्‍न समस्याहरूको सामना गरिरहेका छन् असुरक्षित कार्य समय घन्टा अस्तव्यस्त , न्यून पारिश्रमिक, सामाजिक सुरक्षाको अभाव, र पेशागत असम्मान भोगिरहेकानैछ्न । यिनै चुनौतीको सामना गर्न र श्रमिकको हकहित संरक्षण, सम्मानजनक पारिश्रमिक र न्यायोचित श्रम अधिकार सुनिश्चित गर्न अझै पनि श्रमिक आन्दोलनमै छ्न तरपनि राजनीति नेतृत्वहरु गम्भीर छैनन् भासण र नारामा मात्रै सिमित छ्न ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसलाइ देखावटी उत्सवमा मात्रै होइन, यसले हामीलाई हाम्रा ऐतिहासिक उपलब्धिहरू सम्झाउने र आगामी दिनका चुनौतीहरू सामना गर्न सचेतना र प्रेरणा दिने दिवस हो। भ्रष्टाचार, दलाल पुँजीवाद, बिचौलिया प्रवृत्ति, र प्रतिगामी सोच विरुद्ध निरन्तर खबरदारी संघर्ष गर्नु हरेक श्रमजीवी वर्गको कार्यभार बनेको छ।

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना प्राप्त गर्न श्रमिक, किसान, महिला, आदिवासीजनजाति, दलित, मुस्लिम,धार्मिक अल्पसंख्यक सीमान्तकृत र पिछडिएका समुदायहरूको योगदान अपरिहार्य रहेको छ अब समाज र राष्ट्रमा सुशासन, समानता र समृद्धिका लागि अब पनि यही वर्गको सक्रियता अपरिहार्य छ।

अबको आवश्यकता श्रमजीवी वर्गको अधिकारको संरक्षण मात्र होइन, समग्र सामाजिक परिवर्तनमा उत्पीडितहरुको नेतृत्वमा बैकल्पिक शक्ति निर्माण गरेर देशको नेतृत्व गरेर मात्रै उत्पीडित जातीय समुदाय श्रमिकको अधिकार सुनिश्चित गर्न सकिन्छ बदलिँदो युग र प्रविधिमा पनि श्रमको मूल्य र सम्मान सुनिश्चित गरिनु पर्दछ यसका लागि उत्पीडितहरुको बैकल्पिक शक्ति निर्माण अपरिहार्य छ ।

यसै सन्दर्भमा, संयुक्त नागरिक पार्टीको अध्यक्षको नाताले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमजीवी वर्गप्रति हार्दिक सम्मान प्रकट गर्दै, उनीहरूको संघर्ष, योगदान र साहसको गौरवपूर्ण यात्रालाई नमन गर्दै अब देश लाई समृद्ध बनाउन सम्पुर्ण उत्पीडितहरु एकताबद्ध भए बैकल्पिक राजनीति शक्तिको निर्माण र नेतृत्व गर्न सगौरब हातमा हात काधमा काध भएर अगाडि बढनु हार्दिक अपिल समेत गर्दछु ।

अध्यक्ष दल मर्दन कामी
संयुक्त नागरिक पार्टी

Facebook Comments Box
TOP
486 Shares