

बिरामीलाई चर्को पार्किङ शुल्क
रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुगेका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुपर्यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उनी अक्मकिए तर त्यति शुल्क नबुझाएर उम्किनै पाएनन् ।सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्को शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल ९वीर०का प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेतले पार्किङ शुल्क नलिइदिन पटक–पटक काठमाडौँ महानगरपालिकालाई पत्रमार्फत अनुरोध गरेका थिए ।सुनुवाइ नगरिएको गुनासो गर्दै उनले भने “अस्पताल अगाडि चर्को शुल्क उठाउनु गलत हो तर हाम्रो कुरा सुन्न पालिका तयार छैन ।”उनले कतिपय बिरामीको दुई–तीन सय रुपियाँ पनि नभएकाले निःशुल्क उपचारका लागि सिफारिसको माग गर्न आउने गरेको बताउँदै थपे, “तर उनीहरू अस्पतालबाहिर पुगेपछि सवारी पार्किङबापत उपचार खर्चभन्दा बढी शुल्क तिर्न बाध्य छन् ।”
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
८ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



