

भारतमा कोरोना संक्रमण घट्दै, कोरियामा घटेन
काठमाडौ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताएता पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ ।
बिहीबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८९ हजार ५८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३४ लाख १७ हजार ४२५ पुगेको छ ।
दक्षिण कोरियामा अघिल्लो दिन अर्थात बुधबार सार्वजनिक भएको तथ्याङ्अनुसार ८१ हजार ५७३ जना नयाँ सङ्क्रमित थपिएका थिए । दक्षिण कोरिया कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबारको तुलनामा बिहीबार घटेको छ । बुधबार कोरोना सङ्क्रमणको कारण ११२ जनाको मृत्यु भएको थियो भने बिहीबार ६४ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार ९४० पुगेको छ ।
यसैबीच, भारतमा एकै दिनमा छ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् बिहीबार मध्यरातिसम्म छ हजार १६८ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४४ लाख ४२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा सात हजार ९४६ जनामा सङ्क्रमण देखापरेको थियो ।
दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार २१० जना रहेका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
२४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना सङ्क्रमणबाट भारतमा २१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार ९३२ भन्दा बढीको मृत्यु भएको छ ।
भारतमा हिजो एक दिनमा नौ हजार ६८५ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३८ लाख ५५ हजार ३६५ जना कोरोनामुक्त भएका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १२ करोड ७५ लाख २३ हजार ४२१ भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६४ लाख ६६ हजार २५५ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
८ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



