

हाकिम असहयोगी र अबिबेकी भए काम गर्न नसकिने रहेछ
बसन्त कुँवर
मलाइ प्रहरीको जागिरमा “मानव तस्करी रोक्ने क्षेत्र” मा (त्यस बेलाको अवस्थालाई हेर्दा चेलीबेटी बेचबिखन थियो) धेरै ठूलो काम गर्ने रहर थियो।
संसारमै नभए पनि कम्तिमा दक्षिण–पूर्वी एसियाका चेलीहरूलाई नेपाल र बंगलादेशबाट भारतमा गरिने तस्करी तथा बर्मा, फिलिपिन्स, लाओस, भियतनामतिरबाट थाइल्याण्डमा गरिने तस्करी रोक्ने क्षेत्रमा एउटा कारगर काम गर्ने चाहना थियो।
यो काम मेरो जिम्माको काम पनि थिएन, किनकि म हेडक्वाटरको श्रव्य दृश्य शाखामा काम गर्ने एक साधारण डीएसपी मात्र थिएँ। तर पनि मैले यही कारण यो क्षेत्रमा हात हालें।
जब मैले कम्बोडियामा काम गर्दा एक पाकिस्तानी अफिसरमार्फत नेपाली चेलीहरूमाथि भारतमा हुने चरम शोषण, अन्याय र किनबेचका कुरा सुनेँ, मेरो मन रोयो। र युएनको मिसन सकेर नेपाल फर्कँदा मैले नेपाली चेलीहरूलाई जोगाउने प्रण गरिसकेको थिएँ। तर त्यति बेला मानव बेचबिखन रोक्ने प्रहरीमा कुनै युनिट नै थिएन।
आफ्नै विचार, लगानी र हरेक हप्ता जस्तो मोटरसाइकल लिएर सिन्धुपाल्चोकका गाउँगाउँ र त्यहाँका जेलहरूमा रहेका जाम बहादुरजस्ता कैदीहरूलाई भेटी मैले चेली बेचबिखनको अवस्था र तरिका गहिरो रूपमा बुझें। त्यसपछि मैले आफैँले त्यस विरुद्ध सशक्त योजना मात्र बनाइनँ, तत्कालीन एआईजीपी ध्रुव प्रधानको सहयोग (स्वीकृति र साथ) ले नेपालका धेरै बेचबिखन प्रभावित जिल्लाहरूमा ठूला जनचेतनामूलक कार्यक्रम पनि गरें। यस काममा मलाइ प्रधान सरको साथ रह्यो, नत्र मैले त्यो काम गर्न सक्दिन थिएँ।
त्यो कार्यक्रम यति सशक्त थियो कि युएनले नेपाल प्रहरीलाई करोडौं रुपैयाँ दिएर मलाइ दक्षिण एसियाका लागि रोकथामको योजना बनाइदिन समेत अनुरोध ग¥यो। त्यसैको प्रतिफलस्वरूप प्रहरीमा चेलीबेटी बेचबिखन शाखा (महाशाखा) बन्यो र हाम्रो कार्यक्रमकै फलस्वरूप माइती नेपाल आजको स्थितिमा आउन सफल भयो।
तर जब ध्रुव प्रधान आइजीपीबाट जानुभयो र खरेल साब आइजीपी हुनुभयो, मलाइ त्यस कामबाट हटाइयो। मैले लाख अनुरोध गर्दा पनि त्यो मिसनमा मलाइ काम गर्न दिइएन। त्यो बखत म आफैँले सृजना गरेका चेलीबेटी बेचबिखन विरुद्धको कार्यक्रम र ‘आसरा’ खोली एडिक्सन विरुद्ध काम गर्दै थिएँ। मलाइ खरेल साबले दुबै मेरा सृजनाबाट विमुख गराई सप्तरी पठाउनु भयो। मेरा लागि त्यो काम मेरो मुटु शरीरबाट हटाएजस्तै पीडादायक थियो।
आज पनि मलाइ त्यो हटाइएकामा चित्त दुखाइ छ, किनकि खरेल साबका लागि यसको भावनात्मक अर्थ थिएन, तर मेरा लागि जीवनको उद्देश्य थियो। म यस क्षेत्रमा कम्तिमा एसियामा नेपाल प्रहरीको कामलाई र मेरो क्षमतालाई प्रमाणित गर्न चाहन्थें। नेपाल र यो क्षेत्रका चेलीहरूको बेचबिखन रोक्न र ड्रग्सबाट युवाहरूलाई बचाउन चाहन्थें।
मैले प्रहरी जागिरलाई व्यक्तिगत जीवन पाल्ने बाटो मात्र नठानी समाज र देशका लागि केही यादगार काम छोडेर जाने अवसर ठानेँ। र डीएसपी, एसपी हुँदासम्म नै चेलीबेटी बेचबिखन विरुद्धको युनिट, आसरा सुधार केन्द्र र कन्ट्रोल रुम प्रणाली प्रहरीलाई दिएर आएँ। ती कामहरू एउटा सानो तृतीय श्रेणी र द्वितीय श्रेणीको अफिसर पदमा रहेर गर्नु सामान्य थिएन, सायद प्रहरी संगठनको इतिहासमा मैले दिएका ती उपहारहरू नौला र अनुपम नै थिए।
मेरो अनुभवः “हाकिमहरू सकारात्मक, विवेकी, इन्टेलिजेन्ट र राम्रा काममा हौसला दिने भएमा तल्ला अफिसरहरूले पनि आफ्ना क्षमता देखाउन मौका पाउने रहेछन्। तर ती नकारात्मक, घमण्डी, मूर्ख भएमा तल्ला अफिसरले सृजना गर्न र नयाँ–नयाँ काम गर्न सक्दैनन्।” मलाइ यो कुरा जीवनमा राम्ररी अनुभव भयो।
मलाइ प्रहरीको उच्च पदमा पुगेर १५ वटा विशेष कामहरू गर्ने रहर थियो, जुन पूरा भएन। तीमध्ये जागिरपछि अवकाशको जीवनमै रहेर भए पनि ड्रग्स विरुद्ध र पूर्व प्रहरीको कल्याणमा मैले केही थोरै काम गर्ने मौका पाएँ। तर तत्कालीन आइजीपी अच्युत कृष्ण खरेलका असहयोगका कारण मैले जागिरमा रहँदा “मानव बेचबिखनको विरुद्ध” ठूलो काम गर्न सकिनँ। यसमा मलाइ जीवनभर गहिरो दुःख र मनोव्यथा छ, र रहिरहनेछ।
आज पनि मानव बेचबिखन छ, र त्यसका विरुद्ध सशक्त अभियान चलाउने मेरो सपना अधुरै रह्यो। आज यो माथिको भिडियो हेर्दा मलाइ पुनः पुराना दिन याद आए, र कलम चलाएँ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



