आज साउन १६ गते शुक्रबारको राशीफल : मनकामना माताले रक्षा गरुन

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- कृषि तथा पशुपालनमा सफलता मिल्नेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोलेमा समस्या उत्पन्न हुन सक्छ । यद्यपि सामाजिक प्रतिष्ठा मिल्नेछ र गरेका कामको प्रशंसा हुनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- नजिकका साथीभाइ टाढिन सक्छन् । आँटेका कामहरू बिस्तारै भएपनि सम्पन्न हुनेछन् । आफन्त र सहयोगीहरूबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । यद्यपि पहिलेका कमजोरी सुधार्ने मौका मिल्नेछ । टाढिएका व्यक्तिहरूको साथ पुनः पाइन सक्नेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सहयोगीहरूको जुटानले काममा उत्साह थपिनेछ । खर्च भएपनि लामो दूरीको यात्रा गर्ने अवसर मिल्नेछ । मान, सम्मान र प्रतिष्ठा कमाउने समय हो । राजनीति तथा जागिरमा प्रसिद्धि बढ्नेछ । आम्दानीमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन पाइनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- प्रयत्न गरेमा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । दिगो फाइदा हुने जिम्मेवारी हात पार्न सकिनेछ । रोकिएका कामहरू बन्नेछन् । काम सफल भएपनि बोझ र जिम्मेवारी बढ्न सक्छ । सुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- हतारको निर्णयले धोका हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । मौसमी रुघाखोकी, टाउको वा आँखा सम्बन्धी समस्या देखिन सक्छ । यद्यपि, काममा परिस्थितिको साथ रहनेछ । अरूका काममा पनि समय खर्चनुपर्ला।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- रोकिएका कामहरू बन्नेछन् । व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका कामहरू सफल हुनेछन् । टाढाका शुभचिन्तकहरूको साथ मिल्नेछ । उच्च व्यक्तिसँग भेटघाट हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती आउन सक्छ । कोसिस गरेमा अवसर प्राप्त हुनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । तर, खर्चमा भने वृद्धि हुने देखिन्छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- व्यापार व्यवसायमा विशेष लाभ मिल्ने समय छ । व्यवसायिक यात्राको सम्भावना छ । सोचेजस्तो लाभ प्राप्त हुनेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । टाढाको यात्राको सम्भावना छ । साथै चोट पटक लाग्न सक्ने सम्भावना छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- अनावश्यक भेटघाट र घरेलु समस्याले काममा बाधा पुर्‍याउन सक्छ । आकस्मिक खर्च बढ्नेछ। आर्थिक अभावले केही काम रोकिन सक्छन् । झमेला र विवादको सम्भावना छ । चोट पटक लाग्न सक्छ । कामको चाप बढ्न सक्छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- आँटेका काम मुस्किलले सफल हुनेछन् । खर्च बढ्नेछ र पैसाको अभावले काम रोकिन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक सम्पत्तिमा क्षति पुग्न सक्छ । पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ । काममा पनि चुनौती आउन सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- रोकिएका कामहरू बन्नेछन् । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको सम्भावना छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ । लगनशीलता र मेहनतले उत्साह बढ्नेछ । व्यवसायिक भ्रमणको मौका मिल्नेछ । आदर सम्मान प्राप्त हुने सम्भावना छ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
141 Shares