

अब टेकुमा फोहर थुपारेर नराखिने
काठमाडौँ ।चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा प¥याइने भएको छ ।
विगत चार महिनादेखि अल्पकालिन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहर बिहीबारबाट सकिएको छ । यस अघि थुपारीएको फोहर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहर सोही दिन बञ्चरेडाँडामा लगिने छ । अब यस अघिझै टेकुमा फोहर थुपारेर नराखिने बताईएको छ ।
लामो समयदेखिको फोहर व्यवस्थापनको काम सकिएकाले यस अघिझै फोरहको कारण काठमाडौँ उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहीने फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिनुभयो ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडाँै उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिँदै आएको थियो ।
उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य सुरु भएको थियो । ![]()
गत फागुनदेखि कहिले सडकको कारण त कहीले स्थानीयको अवरोधका कारण नियमितरुपमा उपत्यकाको फोहर व्यवस्थापनको काम हुन सकेको थिएन । लामो सयम नियमित फोहर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा फोहरको डङ्गुर थुप्रिएको थियो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



