

राष्ट्रहितका खातिर क्रियाशील रहन नेपाल प्रहरीको अनुरोध
काठमाडौँ- नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ ।मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ ।
“यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनी नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक भएको छ ।”
प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूणीय एवं दुःखद भएको, त्यसबाट उत्पन्न परिणामस्वरुप परिस्थितिलाई बिग्रन नदिन, नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानूनी शासन स्थापित गर्ने कार्यमा सबैको साथ सहयोगका निम्ति अनुरोध गरिएको छ।
समाज
थप सामाग्री-
घरबारविहीन नबनाउने सरकारको प्रतिबद्धता, सुकुम्बासी व्यवस्थापनमा विशेष आयोग गठन गरिने
-
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
-
सुकुम्बासी हटाएझैं अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्
-
भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा पुगेको आरोप, छानबिनको माग
-
अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आग्रह
महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन
१३ घण्टा अगाडि
2.2kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो…



