

अस्पतालबाटै भाग्छन् बिरामी
केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो । ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् ।
चाररपाँच दिनअघि कान्तिबाल अस्पतालमा पनि अर्कै घटना भयो । निमोनिया भएपछि पर्साबाट कान्ति अस्पताल रिफर भएका बिरामी केही दिन उपचार गरेपछि बिरामीका आफन्तले बिरामीलाई भगाएर लगे । धेरै दिन भएपछि बिरामी मात्र होइन, कुरुवासमेत बिरामी हुने अवस्था आएको र बिल धेरै उठेको भन्दै उनीहरू भागेका थिए ।
कान्तिमै उपचार गर्न कैलालीबाट आएका बिरामीको उपचार हुँदै थियो । चिकित्सकले बिरामी ठीक हुन पनि सक्छ नहुन पनि सक्छ भनेपछि बिरामीका आफन्तले डिस्चार्ज मागेर बिरामी घर लगे ।
१५ दिनअघि रामेछापबाट त्रिवि शिक्षण अस्पतालमा रिफर भएका एक बिरामीलाई सुरुमा बेड पाउन मुस्किल प¥यो । बल्लबल्ल बेड पाएपछि चिकित्सकले उपचार गरे ।
ब्रेन हेमरेज भएका चिकित्सकले ७० वर्षको वृद्ध शल्यक्रिया गर्दा झनै जटिल हुनसक्ने बताएपछि आफन्तले थप उपचार नगरी बिरामी मरे पनि बाँचे पनि घर लैजाने भन्दै डिस्चार्ज मागेर घर लगे ।
ती बिरामीलाई शल्यक्रिया नभए पनि औषधिमार्फत थप उपचार गर्न सकिने चिकित्सकले बताएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



