डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्।डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूको भनाइ छ ।                             डेंगीको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्न उनीहरू सुझाउँछन्। वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन ।तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा.अनुपमा कार्कीले बताइन् । ‘समयमै उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्तिको मृत्यु हुने स्थिति रहँदैन,’ उनले भनिन्। यो समाचारनागरिक दैनिकमा छ ।

Facebook Comments Box
TOP
Shares