

बाइडेन भन्छन्–महामारी सकियो तर कोरोनाबाट दैनिक ४०० को मृत्यु!
अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकमा कोरोना महामारी ‘सकिएको’ घोषणा गरेका छन्। कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गए पनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् । 
बाइडेनले अझै समस्या भए पनि परिस्थिति तीव्र रूपमा सुधार भइरहेको बताए। ‘हामी अझै पनि समस्यामा छौं तर अवस्था सुधारोन्मुख छ,’ उनले भने।
सीबीएसमा ६० मिनेटसँगको अन्तरवार्तामा बाइडेनले भाइरस नियन्त्रण गर्न अमेरिकाले अझै धेरै काम गरिरहेको बताए।
बिबीसीका अनुसार उनले अन्तर्वार्ताका क्रममा भनेका थिए- यदि तपाईँले याद गर्नुभयो भने कसैले मास्क लगाएको छैनन्। सबैजना ठिकठाक देखिन्छन्… जहाँसम्म मलाई लाग्छ यो परिवर्तन हुँदैछ।
गत साता विश्व स्वास्थ्य संगठनका प्रमुखले महामारीको अन्त्य ‘दृश्य’मा रहेको बताएका थिए।
सोही भनाईलाई आधार मानेर वाइडेनले यस्तो भनेको हुनसक्छ।
यद्यपि अमेरिकामा बाइडेनले घोषणा गरेजस्तो कोरोना महामारी सकिएको भने छैन। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणको कारण १० लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ। अहिले पनि अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या भने बढिरहेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले पनि अमेरिकामा औसतमा दैनिक चार सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। गत साता तीन हजारभन्दा धेरै मानिसको कोरोनाको कारण मृत्यु भएको थियो।
सन् २०२१ को जनवरीमा एक सातामा कोरोना संक्रमणको कारण २३ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो।
अमेरिकामा अहिलेसम्म ६५ प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लगाएका छन्।
हालैका दिनमा विश्वमा कोरोना महामारी हट्नेमा केही आशा देखिए पनि मानिसहरूले सावधानी अझै अपनाउनु पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्।
अमेरिकी शीर्ष स्वास्थ्य विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले सोमबार अमेरिकामा कोरोना संक्रमणको अवस्थामा सुधार देखिएको तर दैनिक मृत्यु हुनेको संख्या अझै पनि धेरै रहेको बताएका छन्।
‘हामी जहाँ हुनुपर्ने थियो त्यो छैन। अब हामीले भाइरससँग जिउने बानी बसाल्नुपर्छ’, उनले भने।
उनले विशेषगरी आगामी हिउँदमा कोरोनाका नयाँ भेरियन्ट आउनसक्ने भन्दै चिन्तासमेत पनि व्यक्त गरेका छन्।एजेन्सी
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



