

तेह्र जिल्लामा कोरोना संक्रमण शून्य
देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर एक सय ६० कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो दर ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार छ सय १९ पुगेको छ । यस्तै होम आइसोलेसनमा एक हजार पाँच सय ५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष (आइसियु)मा १९ जनाको उपचार भइरहेको छ । रासस
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



