

राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाइने : मन्त्री शर्मा

गोरखा । अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकोले यसले पूर्णता पाउने बताउनुभएको छ । लिगलिगकोट र पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
पालुङटारमा आयोजित दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले पालुङटारलाई आइसिटिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने बताए सङ्घीय सरकार र अर्थ मन्त्रालयबाट सबै सहयोग गर्ने बताउनुभयो । स्मार्ट सिटिमा गरिबी र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जोडेर आयातित बस्तुलाई विस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । 
नजिकै नदी बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिँचाई गर्न सकिरहेका छैनौँ, यो पानीलाई टारमा ल्याउने योजना प्राथमिकतामा राख्नुपर्दछ । यसका लागि सरकारले बजेट प्रदान गरेको छ, कामलाई द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु, मन्त्री शर्माले भन्नुभयो ।

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत् आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको मन्त्री शर्माले भन्नुभयो । मध्य पहाडी लोकमार्ग यही पालुङ्टार भएर अघि बढेको छ। पालुङ्टारले बाहिरबाट आउने बस्तुलाई विस्थापित गर्ने योजना तय गर्नुपर्ने उहाँको भनाइ छ ।
सङ्घीयता कार्यान्वयनका लागि दलहरू बीच राजनैतिक एकता अपरिहार्य भएकोले मलाइ यो चिन्ह मन परेन, म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन, सँसदको निर्वाचन सांसद बनाउन र मन्त्री बनाउन होइन, परिवर्तन पछि भएको व्यवस्थालाई कायम राख्न र साम्यवादमा पुग्नका लागि एकता कायम भएको हो मतदानमा तलमाथि गर्न हुँदैन ।
सङ्घीयतालाई स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता छ । पालुङ्टारमा बसेर विकास भएन , हामीलाई विकास चाहियो भनेर भन्न पाउनु सङ्घीयताको उपलब्धि हो । सङ्घीय लोकतान्त्रिक व्यवस्थाको अस्तित्व राजनैतिक पार्टीहरूको अस्तित्वसँग जोडिएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन ।
सरकारले लिएको नीतिका कारण सरकारका आर्थिक सूचाङकहरु सकारात्मक अवस्थामा पुगेका छन् । केही तरलताको अभाव अझै कायम छ । यसमा हामीले काम गरिरहेका छौँ । बैङ्कमा व्याज पाउने उद्देश्यले पैसा राखेर उत्पादन नहुने उनले बताए । बैङ्कले दिने गरेको व्याज घटाउन हामी लागि परेका छौँ । सबै नागरिकहरूलाई आत्मनिर्भर बनाउन हामी लागि परेका छौँ मन्त्री शर्माले भन्नुभयो ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
६ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



