

डेंगी संक्रमितको संख्या २१ हजार नाघ्यो, २७ जनाको मृत्यु
काठमाडौं, ७ असोज । गएको असारयता तीव्र रूपमा फैलिएको डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ६ गतेसम्म संक्रमितको संख्या २१ हजार ३५२ र मृतकको संख्या २७ पुगेको हो ।
यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ६ हजार ५५५ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १२ हजार ६५४ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ११२ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या २०० भन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाले जनाएको छ ।
नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरू बताउँछन् । सरकारका सबै तह र जनस्तरबाट घर, कार्यालय, शैक्षिक तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरूको जोड छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
2.0kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



