बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी गर्ने महिला पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोटको तार्केश्वर गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ३६ वर्षीया कुमारी तामाङलाई ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार तामाङले दुई जना पीडितलाई बेलायत लैजाने आश्वासन दिँदै लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। तर विदेश नपठाई रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका क्रममा अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई माघ २१ गते काठमाडौं महानगरपालिका वडा नम्बर १२ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।
समाज
थप सामाग्री
बुधबार ‘श्रीकृष्णको बार’ : मुरलीधरप्रति भक्तजनको श्रद्धा र प्रार्थना
२ दिन अगाडि
3.1kViews 123 Shares Share on Facebook Share on Twitter काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि बुधबारलाई भगवान् श्रीकृष्णको विशेष दिनका रूपमा…



