

ललितपुरमा स्कुलभित्र पसेको चितुवा प्रहरीद्वारा नियन्त्रणमा, कुनै मानवीय क्षति भएन
काठमाडौं । ललितपुरस्थित माछापुच्छ्रे स्कुल परिसरमा पसेको चितुवालाई नेपाल प्रहरीले सफलतापूर्वक नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीका अब्बल कमाण्डर डिएसपी पूर्णिमा चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले उच्च सतर्कता र सक्रियता देखाउँदै चितुवालाई नियन्त्रणमा लिएको हो। चितुवा स्कुल परिसरभित्र प्रवेश गरेपछि विद्यार्थी, शिक्षक तथा स्थानीयमा त्रास फैलिएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। डिएसपी चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरक्षात्मक उपाय अपनाउँदै चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीको तत्परता र समन्वयका कारण उक्त घटनामा कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। समयमै गरिएको उद्धार तथा नियन्त्रण कार्यले सम्भावित जोखिम टरेको स्थानीयले बताएका छन्।
प्रहरीको सक्रियता र जिम्मेवार भूमिकाको स्थानीयले प्रशंसा गरेका छन्।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१५ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



