

धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने प्रेम आलेको प्रतिबद्धता
नेपाल–भारत–चीन जोड्ने त्रिदेशिय सडकलाई छिटोभन्दा छिटो सम्पन्न गराइने
काठमाडौँ ।
कैलाली क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम बहादुर आलेले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेट हवको रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् । उनले धनगढी विमानस्थलको धावनमार्गलाई विस्तार गरी २५०० मिटर पुर्याउने पनि प्रतिबद्धता गरेका छन् । आलेले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयलाई ३०० देखि ६०० शैय्याको अस्पताललाई यथाशिघ्र सञ्चालन गरी एमबिबिएस अध्ययन अध्यापनको सुरुवात गराउने पनि उनको प्रतिबद्धता छ । सेती प्रादेशिक अस्पतालबाट विशिष्टिकृत सेवाहरू प्रदान गर्न संघीय सरकार मातहत सञ्चालन गर्ने व्यवस्था मिलाइने बताइएको छ ।
त्यस्तै, धनगढी–खुटीया–दिपायल–बझाङ चैनपुर हुदैँ उरै भन्ज्याङ सम्मको नेपाल–भारत–चीन जोड्ने त्रिदेशिय सडकलाई छिटो भन्दा छिटो सम्पन्न गराउन पहल गर्ने पनि उनको प्रतिबद्धता छ । मोहना, खुटीया, घुरही, घुराहा र शिवगंगा नदी किनारका खेती योग्य जमिन तथा बस्तीहरूलाई सुरक्षित बनाउन दिर्घकालिन तटबन्धन निर्माण गरी धनगढी क्षेत्रको डुबान समस्याको समाधान गर्ने पनि उनको योजना छ ।
धनगढ़ी वडा नं. ७ मा रहेको बनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताइएको छ । धनगढी चटकपुरमा रहेको नेपाल आयल निगमको डिपोले मानव बस्तीको सुरक्षालाई उच्च जोखिममा पारेकोले सो स्थानबाट स्थानान्तरण गरी सुरक्षित स्थानमा राख्न पहल गरिने पनि प्रतिबद्धता गरिएको छ ।
समाज
थप सामाग्री-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
१९ घण्टा अगाडि
1.6kViews 380 Shares Share on Facebook Share on Twitter धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा…



