

एसएसपी नवराज अधिकारीको सक्रियता : अस्तव्यस्त चोकमा सुधार, ट्राफिक व्यवस्थापनमा नयाँ सन्देश
उपत्यकाका व्यस्त चोकहरूमा बढ्दो सवारी चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला नवराज अधिकारी नेतृत्वको सक्रियता उल्लेखनीय बनेको छ। महानगरीय ट्राफिक प्रहरी परिसरका एसएसपी अधिकारी स्वयं सडकमा उत्रिएर अस्तव्यस्त देखिएका चोकहरूलाई व्यवस्थित बनाउन अग्रसर हुनुभएको छ।
उहाँले सवारी साधनको उचित लेन व्यवस्थापन, जथाभावी पार्किङ नियन्त्रण तथा पैदलयात्रीको सुरक्षित आवतजावत सुनिश्चित गर्न प्रत्यक्ष निगरानी र निर्देशन दिँदै आउनुभएको छ। व्यस्त समयमै चोकमा पुगेर ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिनुका साथै सवारी चालक र सर्वसाधारणलाई ट्राफिक नियमबारे सचेत गराउँदै सचेतनामूलक अभियान सञ्चालन गर्नुभएको छ।
“ट्राफिक नियम पालना गर्नु सबैको दायित्व हो,” भन्दै उहाँले सडक अनुशासन कायम राख्न चालक र पैदलयात्री दुवैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्दै सचेतनालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ।
एसएसपी अधिकारीको प्रत्यक्ष सक्रियताले केही समययता उपत्यकाका प्रमुख चोकहरूमा सवारी आवागमन सहज बन्दै गएको स्थानीयवासीले बताएका छन्। ट्राफिक व्यवस्थापनमा देखिएको सुधारले सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह भएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



