

एआईजी ईश्वर कार्कीको उपस्थितिमा प्राचार्य राम प्रसाद भुसालको सम्मानपूर्ण बिदाई सम्पन्न
काठमाडौं — ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालको सम्माननीय बिदाई कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा २०७६ साल चैत ०६ गतेदेखि नेपाल पुलिस स्कुल सामाखुसीमा प्राचार्यको जिम्मेवारी सम्हाल्दै आउनुभएका भुसालले मिति २०८२ साल फागुन १७ गतेदेखि लागू हुनेगरी राजीनामा दिई औपचारिक रूपमा पदमुक्त हुन लाग्नुभएको जानकारी दिइयो।
कार्यक्रममा बोल्दै एआईजी कार्कीले प्राचार्य भुसालको समर्पण, अनुशासन र शैक्षिक नेतृत्व क्षमताको उच्च प्रशंसा गर्नुभयो। उहाँले भुसालको कार्यकालमा विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै आगामी यात्राका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो।
बिदाई मन्तव्यका क्रममा प्राचार्य भुसालले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास प्रदान गर्ने प्रहरी संगठन, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले विद्यालयको समग्र उन्नयनका लागि सबै पक्षको सहकार्य नै प्रमुख आधार रहेको बताउँदै आगामी दिनमा पनि संस्थाको निरन्तर प्रगतिका लागि शुभेच्छा प्रकट गर्नुभयो।
कार्यक्रममा उपस्थित वरिष्ठ प्रहरी अधिकृत, शिक्षक–कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूले प्राचार्य भुसालको योगदानको प्रशंसा गर्दै मायाको चिनो तथा सम्मानपत्र प्रदान गरेका थिए। भावुक वातावरणबीच सम्पन्न उक्त कार्यक्रमले उहाँप्रतिको सम्मान र कृतज्ञताको झल्को दिएको थियो।
नेपाल पुलिस स्कुल सामाखुसीले प्राचार्य भुसालको नेतृत्वमा हासिल गरेको उपलब्धिलाई संस्थागत स्मरणका रूपमा स्थापित गर्दै आगामी दिनमा समेत शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



