

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
दाङ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ ।
विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
उनका अनुसार डिस्प्ले बोर्ड र वेभसाईड मार्फत सार्वजनिक गर्ने तयारी रहेकोछ । यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनिय हुने सूचना अधिकारी कुँवरले बताए ।कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ । उनका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेकोछ । त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास गर्ने उनले बताए ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



