

सञ्चारमाध्यम संयमित हुनुपर्छ : आईजीपी दानबहादुर कार्की
गोरखा । दानबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारकर्मी तथा सुरक्षाकर्मीलाई संयमता र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। निर्वाचन अनुगमनका क्रममा गोरखा पुगेका उनले अनुशासन, निष्पक्षता र कर्तव्यनिष्ठालाई सर्वोपरि राख्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रहरी संगठन “माइलमा दौडिएर इन्चमा हार्ने” अवस्थाबाट जोगिनुपर्ने उल्लेख गरे। उनले निर्वाचन अवधिमा विशेष सतर्कता अपनाउन र प्रहरी आचारसंहितासहित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न जोड दिए।
सामाजिक सञ्जालको बढ्दो प्रभावप्रति सचेत गराउँदै उनले विशेषगरी टिकटक लगायतका प्लेटफर्ममा संयमित अभिव्यक्ति दिन आग्रह गरे। “निर्वाचन प्रहरीहरूलाई सकारात्मक ढङ्गले परिचालन गर्नुहोस्,” उनले निर्देशन दिँदै भने, “हाम्रो सानो असावधानीले ठूलो असर पार्न सक्छ।”
जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा उनले सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सम्पूर्ण समाजले मौन अवधिको सम्मान गर्नुपर्ने बताए। उनले सही, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषणमार्फत राष्ट्रिय अखण्डता र सम्मान जोगाउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे।
“हामी नै असभ्य भयौं भने कुन अलौकिक शक्ति आएर स्थिति सम्हाल्छ?” उनले प्रश्न गर्दै भने, “गलत र भ्रामक प्रचारले अवस्था बिगार्न सक्छ। त्यसैले सञ्चारकर्मीहरू विशेष संयमित हुन आवश्यक छ।”
आईजीपी कार्कीको भनाइले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



