

आज फागुन १८ गते सोमबार,यस्तो छ तपाईको राशिफल
मेष- नयाँ काम सुरु गर्न हतार नगर्नु राम्रो हुन्छ । कार्य क्षेत्रमा केही अवरोध र हैरानी देखिन सक्छ, त्यसैले निर्णय गर्दा सोच विचार गर्नुस् । व्यापारमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ । सामाजिक क्षेत्रमा भने तपाईंको प्रतिष्ठा बढ्ने संकेत छ । जागिरमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने दिन छ । स्वास्थ्य सामान्य रहनेछ र आर्थिक पक्षमा केही सकारात्मक संकेत देखिन्छ।
वृष- चल अचल सम्पत्ति सम्बन्धी काम अघि बढ्न सक्छ । दाम्पत्य जीवन सुखद रहनेछ र घरमा पाहुनाको आगमन सम्भव छ । प्रेम तथा मित्रताको सम्बन्ध बलियो बन्नेछ । यात्राको अवसर मिल्न सक्छ । गुरुजनको सल्लाह र आफ्नै विवेक प्रयोग गर्दा लक्ष्य हासिल गर्न सहज हुनेछ ।
मिथुन- दैनिक तथा व्यापारिक काम सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । विदेशबाट लाभ वा समाचार प्राप्त हुन सक्छ । परोपकारी कार्यतर्फ मन आकर्षित हुनेछ । साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ । सोचेभन्दा फरक तर सकारात्मक परिणाम आउने संकेत छ।
कर्कट- खर्च र विवाद बढ्न सक्ने समय भएकाले संयमता आवश्यक छ । अनावश्यक झमेलाबाट टाढा रहनु राम्रो हुन्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु उपयुक्त हुनेछ । यात्रामा पनि सचेत रहनुहोस्।
सिंह- आफ्ना प्रतिभा र क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । केही काम ढिलाइ भए पनि अन्ततः सफलता हात लाग्ने संकेत छ । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुन सक्छ । सहयोगीहरूको साथले अप्ठ्यारो परिस्थितिमा पनि सहजता मिल्नेछ । सुखद समाचार सुन्न पाइने सम्भावना छ।
कन्या- धन लाभको सम्भावना छ । नयाँ व्यक्तिसँग चिनजान हुने र छोटो यात्राको अवसर मिल्न सक्छ । पुराना कामहरू सम्पन्न हुनेछन् । आम्दानी बढ्ने संकेत देखिन्छ। अड्किएको रकम फिर्ता पाउँदा मन प्रसन्न हुनेछ।
तुला- आयआर्जनका अवसर देखिए पनि नयाँ काम सुरु गर्दा सावधानी आवश्यक छ । कृषि सम्बन्धी कामबाट लाभ मिल्न सक्छ । टाढाको यात्राको योग छ । लेनदेनमा सतर्कता अपनाउनु राम्रो हुनेछ । घरमा पाहुनाको आगमनले वातावरण रमाइलो बन्नेछ।
वृश्चिक- अनावश्यक खर्च बढ्न सक्छ । स्वास्थ्य प्रति सचेत रहनु आवश्यक छ, विशेष गरी खानपानमा ध्यान दिनुहोस् । प्रेम सम्बन्धमा गलतफहमी आउन सक्ने संकेत छ। साना काममै समय बित्न सक्छ, त्यसैले धैर्य राख्नु उपयुक्त हुनेछ।
धनु- अरूको आश्वासनमा भर पर्दा निराशा हुन सक्छ, त्यसैले आफ्नै निर्णयमा अडिग रहनु राम्रो हुन्छ । काममा उन्नति गर्ने अवसर देखिन्छ । स्वास्थ्य प्रति सजग रहनुहोस् । केही काम अपेक्षित समयमा सम्पन्न नहुन सक्छ, तर धैर्यले सफलता सम्भव छ।
मकर- आम्दानीका नयाँ स्रोत खुल्नेछन् । वैदेशिक क्षेत्रबाट लाभ मिल्ने संकेत छ। कृषि क्षेत्रमा परिश्रम आवश्यक हुनेछ । परिवारसँग समय बिताउँदा खुसी मिल्नेछ। अध्ययन तथा धार्मिक कार्यतर्फ रुचि बढ्नेछ।
कुम्भ- कामहरू सहज रूपमा सम्पन्न हुनेछन् । इच्छा शक्ति र आत्मविश्वास बढ्नेछ। अध्ययनमा प्रगति देखिनेछ । पारिवारिक सुख र आर्थिक लाभको संकेत छ। व्यापारमा पनि सकारात्मक परिणाम देखिन सक्छ।
मीन- विवादबाट जोगिनु उचित हुनेछ । पेशागत क्षेत्रमा केही चुनौती देखिन सक्छ। परिवार भित्र मतभेद हुन सक्ने संकेत छ । प्रयास गरेपनि केही काम अपेक्षित रूपमा सफल नहुन सक्छ, त्यसैले धैर्य र संयमता आवश्यक हुनेछ।
समाज
थप सामाग्री-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
२२ घण्टा अगाडि
1.5kViews 386 Shares Share on Facebook Share on Twitter काठमाडौँ, वैशाख २२ गते । उच्च अदालत पाटनले पशुपति क्षेत्रको महत्वपूर्ण…



