

आज फागुन १९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
मेष –अनावश्यक विवादमा फस्ने सम्भावना भएकाले बोल्दा संयम अपनाउनु उपयुक्त हुनेछ। पेशागत क्षेत्रमा केही चुनौती देखिन सक्छ। कानुनी झन्झट वा अप्रत्याशित समाचारले मन अस्थिर बनाउन सक्छ। डर, वादविवाद वा कसैसँग मतभेद हुन सक्ने भएकाले सतर्क रहनु राम्रो हुन्छ। व्यापार भने लाभदायक देखिन्छ।
वृष- व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ। अरूबाट प्रशंसा पाइने र सामाजिक क्षेत्रमा सम्मान बढ्ने संकेत छ। दिदी बहिनी वा आफन्तका काममा सहयोग गर्नुपर्ने हुन सक्छ। मनमा केही द्विविधा रहेपनि जागिर तथा व्यवसायका लागि दिन अनुकूल छ।
मिथुन- वैदेशिक क्षेत्रसँग सम्बन्धित लगानीबाट लाभ मिल्नेछ। अध्ययन, कृषि तथा व्यापारमा प्रगति हुनेछ। नजिकका मित्रबाट सहयोग प्राप्त हुनेछ र खुसीको खबर सुन्न पाइनेछ। चल अचल सम्पत्तिको कारोबार सम्भव छ। वैवाहिक जीवन सुखद रहनेछ तथा यात्राको योग पनि रहेको छ।
कर्कट- चुनौतीका बीच पनि अपेक्षा नगरेको काम सफल हुन सक्छ। धैर्य र परिश्रमले उपलब्धि दिलाउने समय छ। साथीभाइको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। अप्रत्याशित लाभ तथा टाढाको यात्राको सम्भावना देखिन्छ।
सिंह- स्वास्थ्य प्रति सजग रहनु आवश्यक छ, विशेष गरी खानपानमा ध्यान दिनुहोला। अनावश्यक खर्च बढ्न सक्छ। विरोधी सक्रिय हुन सक्ने भएकाले सतर्कता आवश्यक छ। आर्थिक पक्ष सन्तुलित राख्ने प्रयास गर्नु राम्रो हुनेछ।
कन्या- अध्ययनमा सफलता प्राप्त हुनेछ। बुद्धिमत्ताको कदर हुने र नयाँ कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ। रोकिएका काम सम्पन्न भई आर्थिक अवस्था सबल बन्नेछ। मुद्दा मामिलामा सफलता र अन्न लाभको योग छ।
तुला- अपेक्षाभन्दा बढी लाभ मिल्ने संकेत छ। निर्माण तथा व्यवहारिक कार्यमा रुचि बढ्नेछ। आफन्तसँग भेटघाटले मन प्रसन्न बनाउनेछ। आयआर्जन राम्रो रहनेछ र परिवारबाट नयाँ योजनाका लागि सकारात्मक सुझाव प्राप्त हुनेछ।
वृश्चिक- प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभको अवसर मिल्नेछ। काम सजिलै सम्पन्न हुनेछन्। यात्रा, भ्रमण तथा मनोरञ्जनका गतिविधिमा समय बित्नेछ। व्यापार सामान्य रूपमा लाभदायक रहनेछ।
धनु- घरेलु समस्याले मन अस्थिर बनाउन सक्छ। नजिकका व्यक्तिबाट धोका हुने सम्भावना भएकाले सावधान रहनुहोला। आर्थिक हानी तथा स्वास्थ्य समस्या देखिन सक्छ। आज टाढाको यात्रा नगर्नु नै उचित हुनेछ।
मकर- आकस्मिक धन लाभ हुन सक्छ। तर साना तिना काममा अल्झनुपर्ने अवस्था आउन सक्छ। लेनदेनमा सावधानी अपनाउनु आवश्यक छ। आमाबाट प्राप्त सहयोग वा स्रोतबाट लाभ मिल्न सक्छ। अधुरो काम बिग्रने चिन्ताले मन अस्थिर हुन सक्छ।
कुम्भ- आर्थिक अवस्था सन्तोषजनक रहनेछ। रोकिएका काम सम्पन्न हुने र नयाँ कार्य सुरु गर्ने अवसर मिल्नेछ। अध्ययनमा रुचि बढ्नेछ। परिवार तथा सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ।
मीन- अध्ययन र व्यापारमा निरन्तर सफलता प्राप्त हुनेछ। साथीभाइसँग भेटघाटको अवसर मिल्नेछ। नयाँ योजनाहरू बन्नेछन् र काममा उत्साह बढ्नेछ। आर्थिक लाभका साथै नयाँ कार्य प्रारम्भका लागि दिन शुभ रहेको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



