

आज फागुन २० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष- आज अनावश्यक विवादमा पर्ने सम्भावना छ, त्यसैले संयम अपनाउनुहोस्। यात्रा गर्दा विशेष सावधानी आवश्यक छ। आर्थिक लेनदेनमा समस्या आउन सक्छ। व्यापारमा सामान्यभन्दा कम लाभ हुन सक्छ। कृषि, पशुपालन तथा घरायसी काममा समय खर्चिनु पर्ने देखिन्छ।
वृष- सामाजिक प्रतिष्ठा र मान सम्मानमा वृद्धि हुनेछ। साथी भाइबाट प्रशंसा पाइनेछ। अध्ययनमा सुधार आउने योग छ। जागिरमा जिम्मेवारी बढेपनि सम्मान प्राप्त हुनेछ। आर्थिक कारोबार गर्दा सचेत रहनु उपयुक्त हुन्छ।
मिथुन- रोकिएका काम सम्पन्न हुने संकेत छ। नयाँ अवसर प्राप्त हुन सक्छ। आम्दानीका स्रोत बढ्ने सम्भावना छ। उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ। आकस्मिक निम्तो वा भेटघाटले दिन रमाइलो बन्नेछ।
कर्कट- व्यवसायमा प्रगति देखिनेछ। आम्दानीका नयाँ अवसर फेला पर्न सक्छन्। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ। लगानीका विषयमा सोच विचार गरेर अघि बढ्नु राम्रो हुन्छ।
सिंह- दैनिक कार्यमा सतर्कता आवश्यक छ। सानो गल्तीले विवाद निम्त्याउन सक्छ। खर्च बढ्ने सम्भावना भएकाले बजेटमा ध्यान दिनुहोस् । स्वास्थ्य प्रति बेवास्ता नगर्नु राम्रो हुनेछ।
कन्या- नयाँ अवसरले उत्साह बढाउनेछ। शैक्षिक र व्यवसायिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ। आर्थिक लाभका संकेत छन् । परिवार र साथी भाइको सहयोग प्राप्त हुनेछ।
तुला- परिश्रमको उचित फल पाइनेछ। व्यापारमा सुधार आउनेछ। सामाजिक सम्बन्ध सुदृढ हुनेछन् । धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्न सक्छ । अप्रत्याशित शुभ समाचार प्राप्त हुन सक्छ।
वृश्चिक- छोटो दूरीको यात्रा लाभदायक रहला। अध्ययन र सिर्जनात्मक काममा ध्यान केन्द्रित गर्न सकिनेछ । परिवारको सल्लाहले महत्वपूर्ण निर्णयमा सहयोग पुर्याउनेछ। दिन सामान्य तर सन्तोषजनक रहनेछ।
धनु- हतारमा निर्णय नगर्नु उत्तम हुनेछ। आर्थिक विषयमा सावधानी अपनाउनुहोस् । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । धैर्य र सोच विचारले समस्या समाधान गर्न सहयोग गर्नेछ।
मकर- दीर्घकालीन योजना अघि बढाउन केही अवरोध आउन सक्छ । कार्य क्षेत्रमा व्यस्तता रहनेछ । पेशागत क्षेत्रमा सम्मान मिल्ने संकेत छन्। समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।
कुम्भ- सोच्ने क्षमता र आत्मविश्वासमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । आर्थिक पक्ष सन्तुलित रहनेछ । दाम्पत्य र प्रेम सम्बन्धमा मधुरता आउनेछ । रोकिएका काम अघि बढ्नेछन्।
मीन- परिश्रम अनुसार उपलब्धि हात पर्नेछ। व्यापार र पेशाबाट लाभ हुने सम्भावना छ। धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुँदा सन्तोष मिल्नेछ। साथी भाइको सहयोग प्राप्त हुनेछ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



