

नेता बन्न सजिलो, चुनाव जित्न गाह्रो: मतदाताको विश्वास नै निर्णायक
काठमाडौं।
नेता बन्नु जति सजिलो देखिए पनि चुनाव जित्नु भने निकै कठिन भएको तथ्य हालै सम्पन्न निर्वाचनले पुनः पुष्टि गरेको छ। चुनावी मैदानमा उत्रिएका धेरै उम्मेदवारले अपेक्षा गरेजस्तो परिणाम पाउन सकेनन्। किनकि मतदाताको मन जित्नु र गोप्य मतदानको वास्तविकता बुझ्नु दुवै चुनौतीपूर्ण देखिएको छ।
चुनावी अभियानका क्रममा उम्मेदवारसँगै हिँड्ने, प्रचारप्रसारमा सक्रिय देखिने धेरै व्यक्तिले मतदानमा भने फरक निर्णय गरेको देखियो। गोप्य मतदानको व्यवस्थाले वास्तविक समर्थन कति छ भन्ने कुरा अन्तिम मतगणनासम्म थाहा नहुने भएकाले धेरै उम्मेदवार चकित बने।
यसपटकको निर्वाचनले परम्परागत मूल्यांकनका धेरै मापदण्डलाई चुनौती दिएको छ। ‘वरिष्ठ नेता’, ‘त्यागी’, ‘लोकप्रिय’, ‘विकासप्रेमी’, ‘धनी उद्योगपति’, ‘बौद्धिक व्यक्तित्व’ वा ‘स्थानीय बासिन्दा’ जस्ता पहिचानले मात्र चुनाव जित्न पर्याप्त नहुने देखिएको छ। धन, शक्ति वा प्रभावका आधारमा जित सुनिश्चित हुन्छ भन्ने धारणा पनि कमजोर बनेको छ।
कतिपय स्थानमा उम्मेदवारको प्रचारमा सहभागी भएर मासु–भात खाने तर मतदान अर्कैलाई गर्ने प्रवृत्ति समेत देखिएको बताइन्छ। दलका संगठनहरू पनि अपेक्षाअनुसार सक्रिय नदेखिएको र कतिपय कार्यकर्ता सुविधा केन्द्रित भएको आरोपसमेत उठेको छ। उम्मेदवारले मतदातालाई वितरण गर्न दिएको रकम दुरुपयोग भएको तथा व्यक्तिगत फाइदाका लागि प्रयोग भएको घटनासमेत बाहिर आएका छन्।
त्यस्तै, सार्वजनिक रूपमा आफ्नै पार्टीका उम्मेदवारको प्रचारमा देखिए पनि भित्रभित्रै पराजित गराउने प्रयास भएका उदाहरणहरू पनि देखिएका छन्। दिनभर प्रचारमा हिँडेपछि साँझ उम्मेदवारलाई ‘मत पक्का गराइयो’ भन्दै हौस्याउने तर वास्तविकता फरक हुने अवस्था पनि चुनावी मैदानमा देखिएको बताइन्छ।
यस निर्वाचनमा अनपेक्षित परिणामहरू पनि धेरै देखिए। राजनीतिक रूपमा अनुभवहीन ठानिएका उम्मेदवारले जित हात पारे भने वर्षौं राजनीति गरेका केही नेता पराजित भए। कोही उम्मेदवारले अन्तिम समयमा पार्टी परिवर्तन गरेरै चुनाव जिते भने कतिपयले कम खर्चमै उल्लेखनीय सफलता पाए।
समग्रमा, सत्ता साझेदारी र भागबण्डाको राजनीतिप्रति मतदातामा बढ्दो असन्तुष्टि देखिएको विश्लेषकहरू बताउँछन्। उम्मेदवारलाई नदेखेको वा नचिनेको अवस्थामा पनि मतदाताले चुनाव चिह्नका आधारमा मतदान गरेको घटनाले जनताको मनोविज्ञानमा आएको परिवर्तन संकेत गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अबको राजनीतिमा गठबन्धन, धनबल वा शक्तिको भर मात्रै पर्याप्त हुने छैन। मतदाताको विश्वास जित्न नसक्ने उम्मेदवारका लागि चुनाव जित्नु झन् कठिन हुँदै जाने संकेत देखिएको छ।
यसपटकको निर्वाचनले स्पष्ट सन्देश दिएको छ—राजनीति गर्ने मात्र होइन, चुनाव जित्ने हो भने मतदाताको मन र विश्वास जित्नु नै सबैभन्दा ठूलो शक्ति हो।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



