हिन्दूराष्ट्रका लागि संविधान संशोधनमा सहयोग गर्न तयार : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापना गर्ने उद्देश्यले संविधान संशोधनको पहल भए आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताएका छन्।
उनले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाइए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ बहुमत पुर्‍याउन राप्रपाका सांसदहरूले सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
थापाले देशको धर्म, संस्कृति र पहिचान जोगाउन हिन्दूराष्ट्र आवश्यक रहेको दाबी गर्दै यस विषयमा संसदभित्र सहकार्य र सहमतिको वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार यदि संविधान संशोधनमार्फत हिन्दूराष्ट्र स्थापनाको प्रस्ताव अघि बढाइन्छ भने राप्रपा त्यसलाई सफल बनाउन आवश्यक राजनीतिक सहयोग गर्न तयार रहनेछ।

Facebook Comments Box
TOP
182 Shares