

रास्वपाभित्र सत्ता समीकरणको संकेत : बालेन–रवि बीच अदृश्य शक्ति प्रदर्शन?
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सत्ता सञ्चालनको विषयलाई लिएर नेतृत्व तहमा अदृश्य शक्ति प्रदर्शन सुरु भएको संकेत देखिन थालेको छ। पार्टीका सभापति रवि लामिछाने पक्ष र वरिष्ठ नेता बालेन शाह निकट समूहबीच भावी मन्त्रीपरिषद्को नेतृत्व र मन्त्रिपरिषद्मा सदस्य पठाउने विषयमा फरक–फरक धारणा सार्वजनिक हुन थालेपछि आन्तरिक शक्ति सन्तुलनबारे चर्चा बढेको हो।
निर्वाचनअघि नै रास्वपाका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका बालेनले चुनावी जितपछि सरकार गठनको तयारीका सन्दर्भमा आफूलाई स्वतन्त्र रूपमा मन्त्रीपरिषद् टिम गठन गर्न दिनुपर्ने धारणा राखेको चर्चा बाहिरिएको छ। स्रोतका अनुसार उनले सभापति लामिछानेलाई सभामुख, सचेतक र संसदीय व्यवस्थापनका विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिँदै मन्त्रिपरिषद् गठनको जिम्मा आफूलाई दिन आग्रह गरेका छन्।
यसबीच पार्टीभित्र सरकार सञ्चालनको विषयमा स्पष्ट रूपमा दुई धार देखिन थालेको विश्लेषण गरिएको छ। बालेनले नेतृत्व गर्ने सम्भावित सरकारमा लामिछानेका विश्वासपात्रहरू कति समेटिन्छन् भन्ने प्रश्नले पनि आगामी राजनीतिक समीकरण र पार्टीको भविष्यलाई प्रभावित गर्न सक्ने आकलन गरिएको छ।
त्यस्तै, निर्वाचन जितेसँगै पार्टीको चुनावी प्रतिबद्धता र आन्तरिक विधान कार्यान्वयनबारे पनि प्रश्न उठ्न थालेका छन्। रास्वपाको बाचापत्रमा गैर–सांसद तथा सम्बन्धित क्षेत्रका विज्ञलाई मन्त्री बनाउने उल्लेख गरिएको थियो। तर अहिले चुनावपछि उक्त व्यवस्था व्यवहारमा कार्यान्वयन गर्न कठिन भएको भन्दै पार्टीका नेताहरूले त्यसलाई पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गर्न थालेका छन्।
यसैगरी, रास्वपाको विधानअनुसार साधारण सदस्यले समेत संसदीय दलको नेता चयन गर्न पाउने व्यवस्था भए पनि गत निर्वाचनमा जस्तै यसपटक पनि उक्त प्रावधान लागू गर्न नसकिने भन्दै विधान संशोधनको तयारी भइरहेको बताइएको छ।
पार्टीभित्र देखिएको नेतृत्व समन्वयको चुनौती र नीतिगत पुनरावलोकनले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको सत्ता सञ्चालन क्षमता र दीर्घकालीन राजनीतिक भविष्यलाई कसरी प्रभावित गर्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
१९ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



