

वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्वसूचना जारी गरेसँगै बस्तीका बासिन्दा बिहानैदेखि आफ्नो सामान सुरक्षित स्थानतर्फ सार्न बाध्य भएका छन् ।
डोजर परिचालनसँगै क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति देखिएको छ भने पत्रकार र स्थानीय बासिन्दालाई समेत प्रभावित क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ ।
अचानक गरिएको कडाइका कारण दैनिक जीवनसमेत प्रभावित बनेको छ । बिहान तरकारी किन्ने उद्देश्यले घरबाहिर निस्किएका स्थानीयसमेत घर फर्कन नपाएको गुनासो गरेका छन् ।
बस्ती हटाउने सरकारी निर्णय कार्यान्वयनसँगै त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरू अन्योल र त्रासमा रहेका छन् । उनीहरूले वैकल्पिक व्यवस्थाबारे स्पष्ट जानकारी नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



