

जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
काठमाडौं । सरकारले जग्गाको धितो रोक्का र फुकुवा गर्न मालपोत कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने निर्णय गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शासकीय सुधार अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नयाँ डिजिटल प्रणाली सुरु गरेसँगै यस्तो व्यवस्था गरिएको हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी सम्बन्धी सम्पूर्ण प्रक्रिया अब अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्न निर्देशन दिएको छ ।
यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का तथा फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ । साथै, बिचौलियालाई अतिरिक्त रकम तिर्नुपर्ने समस्या पनि अन्त्य हुने दाबी गरिएको छ ।
भूमि प्रशासन निर्देशिका, २०८१ अनुसार सेवा चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरिनेछ । तोकिएका बैंक तथा वित्तीय संस्थाले २०८३ वैशाख २१ गतेदेखि र अन्य क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाले २०८३ जेठ १ गतेदेखि अनलाइन प्रणालीमार्फत सेवा सञ्चालन गर्नेछन् ।
विभागका अनुसार नागरिकलाई छिटो, सहज, पारदर्शी र बिचौलिया–मुक्त सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यसमेत राखिएको छ ।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



