प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा

काठमाडौं । २५७० औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सन्देशप्रति नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले फरक धारणा सार्वजनिक गरेकी छन् ।

प्रधानमन्त्री शाहले बुद्ध जयन्तीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो” भन्ने विचार व्यक्त गरेका थिए । उक्त अभिव्यक्तिलाई लिएर संयोजक बमले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति जनाएकी हुन् ।

बमले ज्ञानको महत्व अस्वीकार नगरे पनि सामाजिक रूपान्तरणका लागि केवल सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने बताएकी छन् । उनले व्यवहारिक परिवर्तन, समानता र न्यायका पक्षमा ठोस कदम आवश्यक रहेको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्रीको सन्देश र त्यसप्रतिको प्रतिक्रिया सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बनेको छ ।

Facebook Comments Box
TOP
15 Shares