

माइतीघरमा दलित समुदायको प्रदर्शन, श्रीकृष्ण विश्वकर्मालाई न्याय माग
काठमाडौँ । दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गर्दै राजधानीमा आन्दोलन सुरु गरेका छन् ।
आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको शंकास्पद मृत्युको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री शाहको आलोचना गर्दै पीडित परिवारलाई बेवास्ता गरिएको आरोप लगाए।
प्रदर्शनमा सहभागीहरूले श्रीकृष्णका आफन्तले न्यायका लागि प्रधानमन्त्रीसँग भेट्न खोज्दा समय नपाएको भन्दै त्यसकै विरोधमा सडकमा उत्रिनुपरेको बताएका छन्। उनीहरूका अनुसार सिन्धुलीको खुर्कोट प्रहरी चौकीमा भएको घटनामा गम्भीर आशंका रहेको छ।
संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले श्रीकृष्णको प्रहरी नियन्त्रणमै हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरे। प्रधानमन्त्री आफैँ गृह तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेको अवस्थामा पीडित परिवारले न्याय माग्दा भेट्न नपाउनु गम्भीर विषय भएको उनले बताए।
सरकारले गठन गरेको छानबिन समितिप्रति पनि आन्दोलनकारीहरूले अविश्वास व्यक्त गरेका छन्। प्रहरी र प्रमुख जिल्ला अधिकारी गृह प्रशासनकै मातहत रहने भएकाले सोही निकायबाट बनेको समितिले निष्पक्ष प्रतिवेदन ल्याउनेमा शंका रहेको संयोजक श्रीपालिको भनाइ छ।
उनीहरूले घटना भएको स्थानबाटै छानबिन सुरु गर्नुपर्ने, पीडित परिवारलाई मुद्दा दर्ता गर्न सहज वातावरण बनाउनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने सबै प्रकारका हिंसा र हत्या अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। आन्दोलनकारीहरूले माग सम्बोधन नभए आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन्।
समाज
थप सामाग्री-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
-
एसएसपी सन्तोष खड्काको नेतृत्वमा विशेष अपरेसन: २५८ जना पक्राउ
-
माइतीघरमा दलित समुदायको प्रदर्शन, श्रीकृष्ण विश्वकर्मालाई न्याय माग
प्रहरी महानिरीक्षक कार्कीको निर्देशनात्मक सम्बोधन: शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन जोड
१ दिन अगाडि
1.8kViews 458 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीका विभिन्न निकायलाई…



