

देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागअन्तर्गतको का अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश क्षेत्रमा वर्षा तथा उच्च भू–भागमा हिमपातको सम्भावना देखिएको छ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, तराईका केही क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।
आज राति पनि मौसममा उल्लेख्य सुधार नआउने संकेत देखिएको छ। देशभर बदली रहने क्रम जारी रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। रातिको समयमा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
हावाहुरी, चट्याङ र भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा यातायातमा असर पर्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हावाहुरीको जोखिम रहेकाले सुरक्षित रहन सुझाव दिइएको छ।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



