

सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
महोत्तरी । लामो समयदेखि अल्झिएको एक हत्या प्रकरणमा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको छ। महोत्तरीको बर्दिबास नगरपालिका–३ निवासी ३८ वर्षीया पूजा थापालाई आफ्नै श्रीमान्को हत्या गराउन संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पूजा थापाले श्रीमान्को ज्यान लिनका लागि अन्य व्यक्तिहरूलाई प्रयोग गरेकी थिइन्। घटनापछि अनुसन्धान सुरु भएलगत्तै उनी फरार भई भारततर्फ लुकेर बसेकी थिइन्। करिब सात वर्षसम्म फरार रहेकी उनलाई अन्ततः प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।
लामो समयदेखि ‘बन्द’ जस्तै अवस्थामा रहेको उक्त फाइल पुनः खोलेर अनुसन्धान अघि बढाइएको थियो। जिल्ला प्रहरी कार्यालयको विशेष पहलमा डिएसपी विकास बमको नेतृत्वमा खटिएको टोलीले योजनाबद्ध ढंगले अनुसन्धान अघि बढाउँदै मुख्य अभियुक्तसहित उनलाई सहयोग गर्ने अन्य दुई जनालाई समेत पक्राउ गरेको जनाएको छ।
सात वर्षपछि अभियुक्त पक्राउ परेसँगै यो घटनाले पुनः चर्चा पाएको छ भने अनुसन्धानमा संलग्न प्रहरी टोलीको कार्यक्षमताको प्रशंसा भइरहेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



