

एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एआईजी शिद्धी बिक्रम शाहले “प्रथम पोखरा महिला गोल्ड कप २०८३” का विजेता खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
पोखरामा सम्पन्न उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल नेपाल प्रहरी महिला फुटबल टोलीका खेलाडी तथा अफिसियलहरूलाई उनले हार्दिक बधाई दिएका हुन्।
टोलीका तर्फबाट सर्वाधिक गोलकर्ता घोषित रेखा पौडेल, उत्कृष्ट गोलरक्षक उषा नाथ तथा प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी निर्मला वि.क. लगायत सम्पूर्ण खेलाडीहरूको योगदानको उनले प्रशंसा गरेका छन्।
प्रतियोगितामा देखाएको उत्कृष्ट खेलकौशलले महिला फुटबलको विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै उनले आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।
एआईजी शाहले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र प्रतिबद्धताले नेपाल प्रहरीको छवि उजागर गर्नुका साथै समग्र नेपाली महिला फुटबलको स्तर उकास्न मद्दत पुगेको विश्वास व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



