

वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
काठमाडौं । सरकारले संघीय संसद्को नयाँ अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजेबाट अधिवेशन बोलाउने प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
यसअघि पनि सरकारले अधिवेशन आह्वानको सिफारिस गरेपछि राष्ट्रपतिबाट वैशाख १७ गतेका लागि संसद् बैठक बोलाइएको थियो। तर, त्यसको भोलिपल्ट नै सरकारले स्थगनका लागि पत्राचार गरेपछि उक्त अधिवेशन रोकिएको थियो। सो प्रक्रिया नेपालको संविधानको धारा ९३(१) बमोजिम गरिएको हो।
पछिल्लो समय संसद् अधिवेशन आह्वानको विषयमा राजनीतिक तहमा निरन्तर छलफल हुँदै आएको थियो। सोमबार सभामुख डोलप्रसाद अर्यालसहित प्रमुख दलका सचेतकहरूसँग भएको छलफलमा पनि अधिवेशन बोलाउने विषयमा सहमति निर्माणको प्रयास भएको थियो।
सरकारले करिब चार दिनको छोटो सूचनामै अधिवेशन आह्वान गर्ने संकेत दिँदै आएको थियो। सोही क्रममा विपक्षी दलहरूले पनि प्रत्यक्ष कडा विरोध नगरी परिस्थितिलाई नजिकबाट नियालिरहेका थिए।
सरकारको पछिल्लो निर्णय अध्यादेशसँग पनि जोडिएको देखिन्छ। विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी हुने वा नहुने परिस्थितिअनुसार अधिवेशन आह्वानको समय निर्धारण गरिएको बताइन्छ। मंगलबार उक्त अध्यादेश जारी भएपछि संसद् बैठक आह्वान गर्ने निर्णय औपचारिक रूपमा अघि बढाइएको हो।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



