

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी
स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताए । बीमितसँग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संशोधन गर्न लागिएको जानकारी दिँदै उनले ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिले थप शुल्क बुझाउनु नपर्ने बताए । सरकारले स्वास्थ्य बीमा तिरिदिएका बिरामीलाई पनि थप शुल्क नलाग्ने जानकारी दिँदै उनले अनावश्यक परीक्षणलाई रोक्नका लागि थप शुल्कको व्यवस्था गर्न लागिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



