मोहन वैद्यलाई प्रचण्डको वचन : एमसीसी कुनै हालतमा पास गर्दैनौं

काठमाडौं  फागुन ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् ।मंगलबार बिहान नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार गएका थिए । करिब आधा घण्टा भएको भेटमा मुख्यत एमसीसीकै विषयमा छलफल भएको महासचिव वैद्यले जानकारी दिए ।मैले एमसीसीमा के सोच्नुभएको छ ? पास गर्न हुन्न ह भनेँ । उहाँले कुनै हालतमा पास गर्दैनौं भन्नुभयो’ भेटबारे महासचिव वैद्यले जनरक्षा संग भने ।भेटमा महासचिव बैद्यले एमसीसी विरोधी पदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छुटाउने पहलका लागि आग्रह गरेका छन् । साथै राजनीतिक सहकार्यका विषयमा समेत छलफल भएको महासचिव वैद्यले जानकारी दिए ।प्रचण्डलाई भेट्न बैद्य एक्लै खुमलटार गएका थिए ।

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
Shares