

टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाईते
डडेल्धुरा फागुन १४ : डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु गाउँपालिकाका करिब २३ वर्षीय दिपकसिंह ऐर रहेको डडेल्धुरा प्रहरीले जनाएको छ।
शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानिधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिपर दुर्घटना भएको हो। उत्त टिप्परमा २ जना सवार रहेको बताइएको छ।
जिल्ला सदरमुकामको किर्तिपुर बजारबाट बागबजारतिर जानेक्रममा उक्त टिपर सदरमुकाम नजिक रानाधारा भिरमा दुर्घटना भएको हो। दुर्घटनामा सहचालक १६ वर्षीय अशिम चौधरी घाइते भएका छन्। घाईते सहचालकको खुट्टा र छातिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।टिपर ब्याक गर्दा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
५ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



