

लुटपाटमा संलग्न पक्राउ
ललितपुर,
पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर-२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका-२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका-३ घर भएका २६ वर्षीय मिनराज राई रहेका छन् ।
कोटेश्वरबाट धापाखेल लगिदिन भनि सुमनले शनिबार राति प्रबिनलाई अनुरोध गरेपछि प्रबिनले आफ्नो मोटरसाइकलमा राखी कोटेश्वरबाट धापाखेलस्थित आँखिदहमा पुर्याउँदा सोही स्थानमा पर्खि रहेका मिनराज समेतले प्रबिनलाई कुटपिट गरी हात खुट्टा समेत बाधी पीडितको उक्त मोटरसाइकल लगायतका धनमाल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई काठमाडौं बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटपाट भएका सामान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



