

मुगुमा ट्राफिक प्रहरीद्वारा एक लाख रपैयाँ बढी राजश्व संकलन
मुगु माघ ११ । जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको ६ महीनामा १ लाख रुपैयाँ भन्दा धेरै राजस्व संकलन गरेको छ । चालू आव २०७८/७९ को पुस सम्म ट्राफिक कार्यालय मुगुले १ लाख ४७ हजार ५ सय रकमको राजस्व संकलन गरेको हो ।
कार्यालयले नियम उलंघन गर्ने सवारी साधनलाई कारबाही गरी उक्त रकम संकलन गरेको हो । गत आर्थिक वर्ष भन्दा यो वर्षमा न्यून राजस्व संकलन भएको जनाईएको छ । क्षमता भन्दा धेरै यात्रु राख्ने, जथाभाबी ओभरट्याक गर्ने, सवारी साधनका बिल बुक अन्य कागजातहरु साथमा नराख्ने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने लगायत ट्राफिक नियम उलंघन गर्ने अहिले सम्म ६१ वटा सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुले जनाएको छ । यस अवधिमा जिल्लामा १ सय २३ सवारी साधन कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी नायव निरिक्षक मोतिलाल विकले जानकारी दिए । मुगुमा वर्षेनी १० प्रतिशतका दरले सवारीसाधनको चाप बढिरहेको शर्माले बताए । बढ्दो सवारीसाधनसँगै दुर्घटना पनि उत्तिकै बढेको छ उनले भने ६ महीनामा जिल्लाभर एक ऐतिहासिक सवारी दुर्घटना भएको छ भने अन्य सामान्य सवारी दुर्घटनामा परेको बताए । पछिल्लो समय नाग्म गमगढी सडक खण्डमा गतिल्लो सँग स्तरवृद्धि नहुनु एकातिर भारी हिमपातका कारण सडक अवरुद्ध भई दुर्घटना हुन सक्ने सम्भावना ब्यप्त रहेको विकको भनाई छ ।
त्यस्तै गत आर्थिक वर्ष २०७७।७८ मा १ लाख ८६ हजार राजस्व संकलन भएको छ भने १ सय ८५ वठा सवारी कार्वाहीमा परेको जनाईएको छ ।
केही दुर्घटना चालकको लापरबाहीले हुने गरे पनि अधिकांश दुर्घटना साँघुरो र कच्ची सडकका कारण भएको उनले बताए । स्थानीय तहले विकासका नाममा जथाभाबी मापदण्ड विपरीत अन्धाधुन्ध सडक निर्माण गरेकाले दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाइ छ । यस्तो दर्घटना नओस भनि जिल्ला ट्राफिक कार्यालय मुगुले आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
८ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



