

काठमाडौं महानगरपालिकाको सञ्चार रजिस्ट्रारमा काफ्ले
काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त भएका छन् । सञ्चार, सूचना तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम उनलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको महानगरले जनाएको छ ।यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था गरिएको छ । काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा शुक्रबार सरुवा भएका थिए ।
महानगरको ऐन अनुसार स्थानीय पत्रपत्रिका, एफ. एम. रेडियो, केवल टेलिभिजन, अनलाइन श्रव्यदृश्य माध्यम एवं अनलाइन पत्रपत्रिकाको अभिलेखन, नवीकरण र नियमन गर्ने र अभिलेखन भएका सञ्चार माध्यमहरुलाई कुनै खास स्थान, अवधि वा एक वर्षसम्मको प्रेस पास जारी गर्ने काम रजिष्ट्रारबाट हुनेछ ।
महानगरपालिकाको तथ्याङ्क र सूचना प्रविधि व्यवस्थापन, वेव साइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम रहेको ऐनमा उल्लेख छ ।नेपालको संविधानको धारा २२६ (१) को व्यवस्थाबमोजिम अनुसूची ८ र ९ मा रहेको अधिकार बाँडफाँडको सूचीमा उल्लेख भएको सञ्चार सम्बन्धी अधिकारको प्रयोग गर्ने भन्दै महानगरपालिकाको २०८० असारमा सम्पन्न नगर सभाको १३ औं अधिवेशनबाट ऐन जारी गरेको थियो ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
४ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



