

बाहुबलीलाई उछिन्यो केजीएफ-२ ले
बैशाख ८,काठमाडौं ।साउथका सुपरस्टार यश आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘केजीएफ-२’ ले एकपछि अर्को रेकर्ड तोड्दैछ । मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ-२’ ले ६ दिनमा अहिलेसम्म ६७६.८० करोड रुपैयाँको ग्रस वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गरेको बताएका छन् । योसँगै ‘केजीएफ-२’ प्रभासको ‘बाहुबली-१’ को ६ दिनमा लाइफटाइम ग्रोस (रु. ६५० करोड) व्यापारलाई पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने आठौँ भारतीय फिल्म बनेको छ।
मनोबाला विजयबलनले भनेका छन् ‘केजीएफ–२’ ले छैटौं दिन अर्थात मंगलबार ५१.६८ करोडको ग्रस वर्ल्ड वाइड व्यापार गरेको छ । यसअघि फिल्मले विश्वभर ७३.२९ करोड, चौथो दिन (आइतबार) १३२.१३ करोड, तेस्रो दिन (शनिबार) ११५.०८ करोड, दोस्रो दिन (शुक्रबार) १३९.२५ करोड र पहिलो दिन (बिहीबार) १६५.३७ करोडको व्यापार गरेको थियो ।
‘केजीएफ–२’ को हिन्दी संस्करणले ६ दिनमा २३८ करोड कमाएको छ । तरण आदर्शले पोस्ट सेयर गर्दै ‘केजीएफ–२’ को हिन्दी संस्करणले ६ दिनमा मात्रै भारतमा २३८.७० करोडको व्यापार गरेको बताए । तरणका अनुसार सातौं दिन अर्थात बुधबार फिल्मले ‘बाहुबली २’ ले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेर पहिलो हप्ताको कमाईको रेकर्ड तोड्ने छ । योसँगै ‘केजीएफ–२’ २५० करोडको आँकडा पार गर्ने पहिलो हिन्दी फिल्म पनि बन्नेछ ।
‘केजीएफ–२’ को हिन्दी संस्करणले छैटौं दिन भारतमा १९.१४ करोडको व्यापार गरेको तरणले बताए । यसअघि फिल्मको हिन्दी संस्करणले पाँचौं दिन २५.५७ करोड, चौथो दिन ५०.३५ करोड, तेस्रो दिन ४२.९० करोड, दोस्रो दिन ४६.७९ करोड र पहिलो दिन ५३.९५ करोड कमाएको थियो । यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
६ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



